Saturday, June 14Nepal News Portal
Shadow

यस्ता छन् सजिलै बच्चाको दिमाग तेजिलो बनाउने तरिका, हेर्नुहोस्


काठमाडौं, (ससं) । बालापन सबैलाई जीवनभर प्रिय लाग्नेगर्छ। राम्रो बानिको विकास गर्ने, इम्युनिटी पावर बढाउने र धेरै कुरा सिक्ने उमेर पनि यही हो। सबै आमा लाई समस्या हुन्छ कि आफ्रनो बच्चाको दिमाग कसरी तेजिलो बनाउने भनरे तर बच्चालाई आमाले सानै बाट राम्रो कुरा सिकाउन आवश्यक हुन्छ । सानोमा राम्रो बानि र धेरै कुराहरू सिकाइयो भने यो जीवनभर काम लाग्छ। बच्चाको बौधिक विकासका लागि पनि यो उमेर ठिक हो।

यो बेला हामीले बच्चाको मानसिक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ। हामीले कुनै खेलको माध्यमबाट वा अन्य रचनात्मक तरिकाले दिमाग बढाउन सक्छौं।

जब बच्चाहरू आफ्रना वरपरका बस्तु चिन्ने थाल्छन् तब उनीहरू केही सिक्नका लागि तत्पर भइसकेका हुन्छन्। एक वर्ष पुग्दा बच्चाले धेरै कुरा सिकि सकेको हुन्छ। कुनै कुरा देख्दा पछि लाग्ने, उभिन खोज्ने, कुरालाई ध्यान दिएर सुन्ने गर्न थाल्छन्।

संगीतलाई सबैले मन पराउँछन्। हामीले बच्चाहरूलाई संगीतका माध्यमबाट धेरै कुरा सिकाउन सक्छौं। आफ्नो बच्चालाई बाल गीत गाउन सिकाउने वा कुनै बाल गीतको माध्यमबाट केही पढाउने गर्नुपर्छ।

यस्तो गर्दा बच्चाको सिकाइ मात्र बढ्ने नभएर इमोश्नल भावना पनि बढ्न थाल्छ।

बच्चालाई जनावर निकै मन पर्छन्। त्यसैले उनीहरूले सहज रूपमा जनावरको आवाज निकाल्ने गर्छन्। हामीले पनि जनावरको आवाज निकाल्दै बच्चालाई त्यही आवाज कपी गर्न लगाउनुपर्छ। यो गर्दा बच्चाको सिकाइ क्षमता बढ्न थाल्दछ ।

सबै बच्चालाई कुनै न कुनै चिज मन पर्छ। त्यसलाई उनीहरू आँखा अगाडिबाट हटाउन चाहन्न। बच्चालाई मन पर्ने चिज लुकाइदिएर खोज्न भन्नुपर्छ।
यसले बच्चाको एक्लिभ नेशलाई बढाउँछ। र, स्मरणशक्ति पनि बढ्छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्