Saturday, September 7Nepal News Portal
Shadow

शेयर ज्ञान : साधारण शेयर भनेको के हो ? सबैले जान्न जरुरी


काठमाडौं, (ससं) । साधारण शेयर भनेको धितोपत्रको एउटा औजार हो । यो धितोपत्रहरु मध्ये सबैभन्दा बढी प्रचलनमा रहेको बुझ्न सजिलो वित्तीय औजार हो । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ ।

साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । दायित्व पनि लगानीको परिमाणमै सीमित हुन्छ । कम्पनीको स्वामित्वको हैसियतले साधारण शेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ ।

साधारण शेयरधनीलाई सामान्यतया कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनीको सञ्चालक हुन पाउने लगायतका अधिकार प्राप्त हुन्छ । नेप्से

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्