काठमाडौं, (ससं) । नायिका केकी अधिकारीले आफ्रनो त्यती सुन्दर कपाल मोडेकी छिन् । उनले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी हुन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले भनिन् कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुसुस गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।
केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताएकी छन् । चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो उनले भनिन्।
वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् ।
उनले भनिन् मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । गेटअप सार्वजनिक भएपछि कसैले मलाई वि’रामी हो कि भनेर सोचे, कसैले मान’सिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए ।
