काठमाडौ, (ससं) । धेरै मानिसले बिहान दाँत माझ्रने गर्दछन् त कसैले खाना खाएपछि दाँत माझ्ने गर्दछन् । दैनिक दुईपटक ब्रस गर्दा खानाको क्रममा दाँतमा अड्केका फोहोर निस्कने र मुख सफा हुने गर्दछ ।
कतिपय अवस्थामा नियमित दाँत माझ्दा पनि दाँत सफा नहुन सक्छ । त्यसैले दाँतलाई प्राकृतिक रूपमा सफा गर्न केहि खानेकुराको सेवन पनि उपयोगी हुन्छ । तल पढ्नुहोस्
१. स्ट्रवेरी
दाँतलाइ प्राकृतीक रुपमा बलियो र सफा राख्न स्ट्रवेरीको सेवनले लाभ पुर्याउन सक्छ । खानासँगै स्ट्रबेरीको सेवन गरेमा यसमा पाइने एसिडले दाँतलाई सफा गर्ने काम गर्दछ ।
२. काउली
यदि तरकारीमा काउलीको सेवन गर्ने हो भने यसले समेत प्राकृतिक रुपमा दातँलाई सफा राख्दछ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादन गर्दछ ।
३. खरबुजा
खरबुजाको सेवनले पनि दाँत स्वस्थ राख्न मद्दत पुर्याउँछ । खरबुजामा हुने भिटामिन सीले दाँतबाट आइरनलाई सोस्न मद्दत गर्दछ । साथै मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई पनि रोक्दछ ।
४. सुन्तला
सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सकिन्छ । सुन्तलामा पर्याप्त पाइने भिटामिन सीले आइरन सोसेर दाँत स्वस्थ्य राख्न मद्दत पुर्याउँछ ।
५। स्याउ
नियमित स्याउ सेवन गर्नेहरुको दाँतलाई सफा र बलियो हुने गर्दछ । तर चपाएर खानुभन्दा स्याउको जुस खानु दाँतका लागी फाइदाकारी हुन्छ ।
६. सागपात
बलियो तथा सफा दाँत बनाइराख्न हरियो सागपातको सेवन लाभदायी हुन्छ ।
७. दुग्धजन्य पर्दाथ
दुग्धजन्य पर्दाथको सेवनले समेत दाँतलाई खिइनबाट जोगाउँछ । दूध, दही, चिज लगायताका दुग्धजन्य पदार्थमा ल्याक्टिक एसिड पाइन्छ यसले दाँतलाई खराब बनाउने एसिडबाट जोगाउँछ ।