Saturday, November 25Nepal News Portal
Shadow

कम सुते लाग्छन् यस्ता खतरनाक रोग ! एक पटक अवस्य पढ्नुहोला


काठमाडौं, (ससं) । मानिसको आआफ्नै कामा हुन्छ । त्यसैले मानिसको सुताइ फरक फरक हुने गर्दछन् । तर कोही लामो समयसम्म् सुत्छन् भने त कोही छोटो समय । खासमा सुताइ ६ देखि ८ घण्टासम्म्को राम्रो मानिन्छ ।हामी स्वस्थ रहन ६ देखि ८ घण्टा सुत्नै पर्छ । यदि तपाई कम सुत्नुहुन्छ भने निम्न रोगको खतरा हुनसक्छ ।

मधुमेह
रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।

क्यान्सर
राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्त्व शरीरबाट बाहिर निस्कन सक्दैन । शरीरमा त्यस्ता तत्त्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् ।

हृदयाघात
बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।

अलजाइमर
भरपुर सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या जन्माउँछ ।

Total Page Visits: 637 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्