Saturday, September 7Nepal News Portal
Shadow

निमको जुसबाट पाउन सकिन्छ मोटोपनबाट छुट्कारा


काठमाडौं, (ससं) । निमको स्वाद अत्यधिक तितो हुन्छ । तर तितो भयपनि यसमा धैरै फाइदा पाइन्छन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरुका लागि निमको जुस फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ ।
मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरुका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बनाउन सकिन्छ ।
कसरी बनाउने?
१. निमको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।

अन्य फाइदाः
१. हरेक दिन निमको जुसले पेट, कम्मर जस्ता अंगमा लागेको बोसो पगाल्न मद्दत गर्छ । यसले तौल कम गर्ने र शरीरलाई फिट बनाउँछ ।

२. नियमित रुपमा निमको जुस सेवन गर्दा क्यान्सर जस्ता बिरामीहरुबाट बचाउँछ ।

३. एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

४. निमको जुसले कमजोरी हराउँछ र दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

५. बच्चाहरुको पेटमा विभिन्न प्रकारका किराहरु परेमा निमको दुई थोपा रस पिलाउँदा पेटमा भएका समस्याहरु कम हुन्छ ।

६. यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँछ । भने यसले रगत पनि सफा गराउँछ ।

७. निमको जुसको सेवनले अनुहारको दागदब्बा, चाँयापोतो, चाउरीपन र डार्क सर्कल कम गराउँछ ।

८. निमको पात क्याल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ ।

९. दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ ।

१०. निमको पातले कपाल पखाल्दा कपाल रुखो हुने समस्या कम हुन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्