Tuesday, December 3Nepal News Portal
Shadow

मंगलबार ५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि


काठमाडौं, (ससं)। मंगलबार ५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएाको छ । यो दिन जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीन लाईफ हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
पाँच वटा कम्पनीमध्ये सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत,जोशी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको हो ।

पाँच वटा कम्पनीमध्ये होटल तथा पर्यटन समूहको चन्दागिरी हिल्स रहेको छ भने अरु चार वटा जलविद्युत् कम्पनी रहेका छन् । यो दिन कम शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।

तर, आज समग्र कारोबार रकममा भने कमी आएको छ । गत कारोबार दिन ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ३७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिद विक्री भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्