Friday, January 24Nepal News Portal
Shadow

नक्कली डाक्टर बनी बिरामी जाँच्ने पक्राउ


काठमाडौं, २६ असोज (ससं) । प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुुसार बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै पक्राउ गरेको भएपनि आज सोमबार सार्वजनिक गरेको हो । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत उनले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीकोमा आएको थियो ।

डाक्टरको नाममा प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।

‘सीएमए मात्रै पढेका उनले डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएका रहेछन् ,’ उनले भने, ‘गुनासो आएपछि पक्राउ गरेर ल्याएका छौं । कारबाही प्रक्रिया अघि बढेको छ ।’

उनी विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्