Monday, February 10Nepal News Portal
Shadow

के तपाईको खुट्टा धेरै गन्हाउछ ? अपनाउनुस् यी ४ घरेलु उपायहरु


काठमाडौं, (ससं) । अहिले गर्मीको समय रहेको छ । यस्तो गर्मीको समयमा धेरै खुट्टा गन्हाउने समस्या सबैमा हुन्छ । कोहि-कोहि व्यक्तिहरूको झन् जुत्ता फुकालेपछि, कोठामा बस्नै नसकिने गरि उसको खुट्टा गन्हाउने हुन्छ ।
यस्तो दुर्गन्धलाई कसरी हटाउने ?
१. नुनपानीमा डुबाउनुहोस्
यसको लागि एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा २ चम्चा नुन राख्नुहोस् र त्यसलाई घोल्नुहोस्। नुनपानीको मिश्रणमा तपाईँको खुट्टालाई २० मिनेटसम्म भिजाउनुहोस्, १ हप्तासम्म यस्तो गरेमा तपाईँको खुट्टाबाट दुर्गन्ध आउन छाड्नेछ।

२. भिनेगरको मिश्रणमा डुबाउनुहोस्
यदि ब्याक्टेरियालाई पुर्णरूपमै सखाप बनाउन चाहनुहुन्छ भने, तपाईँको खुट्टालाई भिनेगरले धुनुहोस्। यसले ब्याक्टेरियामा भोकमरी फैलाउने काम गर्दछ।

यसको लागि, एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा पानीको आधा भागजति भिनेगर मिसाउनुहोस्। उक्त मिश्रणमा ३० मिनेटसम्म आफ्नो खुट्टा डुबाउनुहोस् र यो १ हप्तासम्म गर्नुभयो भने खुट्टाबाट दुर्गन्ध हट्नेछ।

३. चियाले खुट्टा पखाल्नुहोस्
कालो चियामा हुने रसायनले हाम्रो पाइतालामा हुने साना साना प्वालहरूलाई टाल्ने काम गर्दछ, जसले गर्दा त्यहाँ ब्याक्टेरियाहरू बस्न पाउँदैनन्। यसले प्राकृतिक एन्टिबायोटिकको काम पनि गर्दछ।

यसको लागि, १ कप पानीमा २ चम्चा कालो चिया राख्नुहोस् र १० मिनेटसम्म उमाल्नुहोस्। त्यस चियालाई मनतातो गराउनको लागि थोरै चिसो पानी मिसाउनुहोस् र त्यसले खुट्टा धुनुहोस्। १ हप्तासम्म यस्तो गर्नाले पनि खुट्टाको दुर्गन्ध हट्ने गर्दछ।

४. सहि जुत्ता छान्नुहोस्
नाइलनबाट बनेको जुत्ताले खुट्टालाई ओसिलो बनाइराख्छ, जसले गर्दा ब्याक्टेरियाहरू आकर्षित हुन्छन् र दुर्गन्ध आउने गर्दछ। तर ऊनी अथवा अन्य कपडाबाट बनेको जुत्ताले खुट्टामा हावालाई आवतजावत गराउँदछ, जसले गर्दा खुट्टालाई सुक्खा राखिराख्दछ।

५. पर्फ्युम लगाउनुहोस्
खुट्टामा पर्फ्युम लगाउनाले पनि सुक्खा बनाइराख्दछ भने त्यसमा भएको अल्कोहलले ब्याक्टेरियाहरूलाई हटाउँदछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्