काठमाडौं, (ससं) । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले वामपन्थीहरूको सरकारले अपराधीहरूलाई संरक्षण गरेको बताएका छन् । नेपाल तरूण दल बेनी नगरपालिका वडा नं ५ वडा कार्यसमितिको आयोजनामा गत फागुन २७ गतेदेखि संचालित महाशिवरात्री मेलाको समापन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै युवा नेता गुरूङले यो सरकारले जनतालाई सुरक्षा दिन नसकेको बताएका हुन् ।
नेपाल तरूण दलका प्रभावशाली नेता गुरुङले निर्मला हत्याकाण्डको निष्पक्ष छानविन हुनेहोभने ओली सरकार र यो सरकारका मन्त्रीहरूको असलियत जनताले थाहा पाउने दावी गरे । नेता गुरुङले अहिलेपनि नागरिकको स्वास्थ्य, सुरक्षामा सरकार कमजोर सावित भएको दावी गर्दै अन्यायमा परेका नागरिकलाई न्याय र अवला दिदीबहिनीहरुको सुरक्षाका लागि तरूण दलको स्थापना भएको वताउँदै समाजको सकरात्मक परिवर्तनमा अग्रणी भूमिका खेल्न युवाहरूलाई आग्रह गरे ।