Tuesday, November 11Nepal News Portal
Shadow

चैत ५ गतेपछि कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्छ : वर्षमान पुन


काठमाडौं, (ससं) । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने ठोकुवा गरेका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

यी दलहरुले प्रधानमन्त्रीको कदम विरुद्ध कदम चालेकोले तीन दल मिलेर सरकार बनाउँने उनको भनाई छ ।

आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए। एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कनसमेत समय दिइएको उनको भनाइ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्