Tuesday, December 3Nepal News Portal
Shadow

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर कति ?


काठमाडौं, (ससं) । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता नवित्दै निगमले फागुनयता तेस्रो पटक मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ पुगेको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १८ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुर्‍याइएको हो । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे दुई वर्षयताकै सबैभन्दा उच्च हो । पछिल्लो समय लगातार जस्तै निगमले इन्धनको मूल्य बढाउँदै आएको छ । विज्ञप्तिअनुसार एलपी ग्यास र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को खुद्रा बिक्री मूल्यलाई भने यथावत् नै राखिएको जनाइएको छ ।

यसअघि निगमले फागुन ४ र १७ गते आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ दशमलव ३५ रुपैयाँ, डिजेलमा ५ दशमलव ८० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९२ दशमलव ८२ रुपैयाँ घाटा हुने जनाइएको छ । जसअनुसार अर्धमासिक करिब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्