Saturday, April 13Nepal News Portal
Shadow

सुनको मूल्य आज कति ? हेर्नुहोस्


काठमाडौं, (ससं) । नेपाली बजारमा बुधबार (आज) पनि सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ३०० रूपैयाँले बृद्धि भएको हो । आज ‍छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Total Page Visits: 711 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्