Wednesday, September 18Nepal News Portal
Shadow

यस्ता छन् पुरुषको अनुहारमा चमक ल्याउने ७ घरेलु तरिकाले, अवस्य पढुनुहोला


काठमाडौं, (ससं) । पुरुषहरुको छाला महिलाको भन्दा थोरै कडा हुने गर्दछ । महिला र पुरुषको छालाको हेरचाह पनि फरक(फरक तरिकाले नै गर्नुपर्ने हुन्छ । तर
यस्ता छन् पुरुषको अनुहारमा चमक ल्याउने घरेलु उपायहरु
स्क्रब

डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुईपटक स्क्रब गर्नुहोस् । यसले अनुहारमा निखार आउँछ, साथै छाला पनि ताजा रहन्छ । पुरुषका लागि चामलबाट बनेको स्क्रब उपयोगी हुन्छ । चामलमा भरपुरमात्रामा एन्टी-अक्सिडेन्ट पाइन्छ, जसले छालामा निखार ल्याउँछ । यसलाई बनाउनकालागि आधा कप दहीमा दुई चम्चा चामलको पिठो मिसाउनुस् । यसरी तयार हुने पेस्ट आफूले चाहेको भागमा लगाउनुस् र १० मिनेटपछि पानीले पखाल्नुस् ।

मेवा

मेवा पाचन क्रियालाई सन्तुलित राख्नका साथै अनुहारबाट दाग-धब्बा हटाउनमा पनि काम आउँछ । कहिलेकाँही पुरुषको अनुहारमा कालो धब्बा देखिने गर्छ । यस्ता दाग र धब्बालाई हटाउनकालागि मेवा निकै नै उपयोगी हुन्छ । यसका लागि काँक्रो, मेवा र टमाटरको रस बराबर मात्रामा मिसाएर अनुहारमा लगाउनुस् । २० मिनेटपछि चिसो पानीले पखाल्नुस् । यसको लगातार प्रयोगपछि विस्तारै दाग(धब्बा हराएर जान्छ ।

बेसन

पुरुषहरुको छाला महिलाको तुलनामा कडा हुन्छ, त्यसकारण हेरचाहकालागि मिहेनत पनि ज्यादा गर्नुपर्ने हुन्छ । बेसनबाट फेस प्याक तयार पारेर लगाउने हो भने उमेर बढेसँगै देखिने चाहुरिपनलाई रोक्न सकिन्छ । यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पार्नुस् । यसले अनुहारलाई सफा गर्नुस् । एक चम्चा मह तलबाट माथितर्फ लगाउनुस् । आधा घण्टापछि सफा गर्नुस् ।

जौको पिठो

जौको पिठोले अनुहारलाई गोरो, चम्किलो र छालालाई कोमल बनाउन मद्दत गर्छ । तपाईं जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ । यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईंले चाहेको अंगमा लगाउनुस् । यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाउनुस् । करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुस् ।

टमाटर

टमाटरमा लिकोपेन तत्व पाइन्छ, जुन छालाका लागि एन्टी(एञ्जिङकोरुपमा काम गर्छ । सौन्दर्य विशेषज्ञहरु भन्छन्, यदि अनुहारमा चमक ल्याउने हो भने टमाटरमा मह मिसाएर अनुहारमा लगाउनुस् । यसलाई केही दिनसम्म लगातार लगाउनुभयो भने तपाईंले छिट्टै परिवर्तन महसुस गर्न थाल्नुहुनेछ । यदि तपाईंको अनुहार बढी चिल्लो छ भने कागतिको रस पनि मिसाउन सक्नुहुन्छ । यसका लागि कागति र टमाटरको पेस्ट बनाएर आँखालाई बचाएर अनुहारका अन्य भागमा लगाउनुस् । केहीबेर रहन दिएर त्यसलाई पखाल्नुस् ।

स्याउ

पुरुषहरुको छालाकालागि स्याउ निकै नै फाइदाजनक हुन्छ । स्याउको पातलो चानालाई मह र जौको पिठो मिसाएर पेस्ट तयार पार्नुस् । यसरी तयार भएको पेस्टलाई अनुहारमा लगाउनुस् । पेस्ट लगाएको ३० मिनेटपछि मनतातो पानीले धुनुहोस् । यसो गर्दा अनुहार आकर्षक देखिन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्