काठमाडौं, (ससं) । थुप्रै महिलाहरुमा महिनावारी भएको बेलामा कसैले भ्रम पैदा गराइदिन सक्छ । तर त्यस्तो केही हैन महिनावारी भएको बेला स्वास्थ्यलाई एकदमै सफा राख्न आवश्यक हुन्छ ।
हाम्रो समाजमा अझै पनि केही त्यस्ता भ्रमहरु रहेका छन् जुन निम्न छन्,
१. महिनावारीमा रगत फोहोर हुने गर्दछ
महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।
२. व्यायाम गर्नु हुँदैन
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।
३. यौनसँग बच्नुहोस्
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भन्ने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।
४. मासिक धर्मको पिडा
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।
५.चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैन
यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।
६.कपाल नधुनुहोस्
महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।
७. यो नखानुहोस्
महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन । मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो
एजेन्सी