Thursday, September 12Nepal News Portal
Shadow

गाईको घ्यूले गर्छ हाम्रो स्वास्थ्यमा यस्तो फाइदाहरु


काठमाडौं, (ससं) । गाईको घ्यू अन्य घ्यूभन्दा महंगो हुन्छ । खानका लागि मात्र नभएर औषधिका रुपमा पनि यसको प्रयोग गरिन्छ ।
गाईको घ्यू हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घ्यू नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ । यो बाहेक गाईको घ्यू मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।

त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घ्यू निकै लाभकर छ । टाउको दुख्ने रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुनछन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुनछ ।

त्यस्तै आँखाको समस्याको कतिपय समस्यामा गाईको घ्यूको प्रयोग गर्नुले सहयोग पुर्याउँछ । त्रिफला र महसँगै गाईको घ्यू मिसाएर खाँदा आँखालाई फाइदा पुग्छ । यसबाहेक खानामा बिहान—बेलुका खादा दिमागको विकास हुन्छ । गाईको घ्यूलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

गाईको घ्यूले हामीलाई यी विभिन्न रोगहरुबाट बचाउँछ

बाडुली

लामो समयसम्म बाडुली लागेमा आधा चम्चा गाईको घ्यू खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने

कपाल झर्ने समस्याबाट धेरै महिलाहरू ग्रसित छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटी

एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घ्यू खानुहोस् । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।

कानको पीडा

कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घ्यूका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।

हातगोडा पोल्ने

गाईको घ्यूले पाइतलामा मालिश गर्नाले हातगोडा पोल्ने समस्या ठीक हुन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्