काठमाडौं, (ससं) । नेपाली बजारमा बिहिवार (आज) पनि सुनको मूल्य बढेको छ । आज पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
