Saturday, April 13Nepal News Portal
Shadow

भोलीबाट ‘द भ्वाइस अफ नेपाल सिजन–३’ सञ्चालनमा आउने


काठमाडौं, (ससं) । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ भोली शुक्रबारबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशकले जानकारी दिएको हो ।
डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

Total Page Visits: 875 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्