काठमाडौं, (ससं) । समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य छुट्याउन सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । यी गुण हुने युवतीसँग विवाह गर्ने पुरुष संसारकै भाग्यमानी हुन्छन् ।
१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी रहेको छ ।
२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।
३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।
६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।
७ आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन् ।
८ हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन् ।
९ लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ । छोटों हात भएका कन्या दुर्वल मानिन्छन् ।
१० चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन् ।
११ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ ।