Saturday, November 9Nepal News Portal
Shadow

गर्मीमा यसरी गर्नुहोस स्वास्थ्यको हेरचाह


काठमाडौं, (ससं) । गर्मी मौसममा बढी पसिना आउँने गर्दछ । त्यसपछि शरीरमा पानी कमी हुन थाल्छ । यसबाट पित्त पनि बढ्छ । यसका लागि निम्न उपाए अपनाउनु उपयुक्त मानिन्छ ।
१. दिनभरीमा १०–१२ गिलास पानी पिउँदा शरीरबाट विशाक्त तत्व निस्कन्छ र छालामा चमक देखा पर्छ ।
२. भरसक रसयुक्त फलफुल सेवन गर्नु पर्छ । फलफुलको जुस, कागतीको रस, पुदिनाको सर्वत, लस्सी आदि पिउनु पर्छ ।
३. धेरै नुनिलो खाना खानु हुदैन ।
४. भोजनमा दही, लस्सी एवं अन्य तरलपदार्थ समावेश गर्नुपर्छ । तरलपदार्थले छाला तथा केशलाई फाइदा पुग्छ ।
५. गर्मीमा शीतलता कायम राख्न पुदिना वा हरियो धनियाँ पिसेर हातखुट्टामा लगाउँदा जलन कम हुन्छ ।
६. काँचो प्याजको सर लगाउँदा गर्मीले थाकेको अवस्थामा राहत मिल्छ ।
७. हातखुट्टामा बाख्राको दुध दल्दा पनि जलन हट्छ ।

पसिनाको दुर्गन्धबाट कसरी जोगिने ?
सबैभन्दा पहिले आफ्नो रुटिन, खानापान एवं सरसफाइमा ध्यान दिनु पर्छ ।
कीटाणुबाट सुरक्षा प्रदान गर्ने साबन वा बडी वास प्रयोग गर्न सकिन्छ । सुगन्धित पाउडर वा डिओ प्रयोग गर्नु पर्छ ।
मसालेदार, अमिलो, पिरो तथा चिल्लो भोजनबाट टाढै रहनुपर्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्