Wednesday, January 15Nepal News Portal
Shadow

यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस् अनार


काठमाडौं, (ससं) । फलफुलको सेवन गर्दा हाम्रो शरीरमा विभिन्न फाइदा पुग्छ । तर केहि फलफुल यस्ता हुन्छन्, जुन यी रोगीहरुको ज्यानै लिने गर्दछ । यदि तपाईको प्रेसर लो छ भने तपाईले अनार नखाँदा नै राम्रो हुन्छ ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यसले स्वास्थ्यमा सुधार आउनुको साटो उल्टो बिग्रिन सक्छ । अनारमा एंटीआक्सीडेंट्स पाइन्छ, जसले मानिसको प्रेसरलाई घटाउने काम गर्छ ।

त्यसैले प्रेसर लो हुने व्यक्तिले अनार खानु हुँदैन । त्यस्तै शरीरको तौल घटाउन चाहने मानिसले पनि अनार नखाएकै बेस हुन्छ । अनारको सेवनले मानिसको शरीरको तौल बढ्ने गर्छ ।

मधुमेह तथा दम रोगीका रोगीहरुले पनि अनार खानु हुँदैन । अनारले शरीरको सुगरको मात्रा बढाउने तथा दमका रोगीलाई झन् दम बढ्ने समस्या हुन्छ ।

त्यस्तै कब्जियत र कलेजोमा समस्या भएका व्यक्तिहरुले पनि अनार खानु हुँदैन । अनारमा फाईबर्सको मात्रा अधिक हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउँने काम गर्छ । अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउँछ ।

यो सँगै यदि तपाईले बिपी वा कोलेस्ट्रोल कम गर्नका लागि औषधी सेवन गरिरहनु भएको छ भने पनि अनार नखानुहोस् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्