Saturday, November 25Nepal News Portal
Shadow

नियमित अण्डा खादाँ यस्ता फाइदा हुन्छन् ! हेर्नुहोस्


काठमाण्डौं, (ससं) । अण्डाको पँहेलो वा सेतो भाग कुनले शरीरलाई बढी फाइदा दिन्छ भनेर सबैले सोच्ने गरिन्छ । अन्डाको पहेलो भाग भन्दा यसको सेतो भागमा बढी प्रोटिन पाइन्छ । धेरै मानिसलाई, अन्डाको सेतोभन्दा पँहेलो भाग खानु लाभदायी हुन्छ भन्ने लाग्छ तर खासमा पँहेलो भन्दा सेतो भाग नै शरिरको लागि लाभदायी हुन्छ । केही मानिसले त अन्डाको सेतो भाग हटाएर पँहेलो मात्र खाने गर्छन् । तर, यो गलत हो । बरु, पँहेलो छुट्याएर सेतो भाग मात्रै खानु राम्रो हो । मधुमेहका रोगीले अन्डाको सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।
आवश्यक प्रोटिन :अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पँहेलो भाग नखाएपनि हुने चिकित्सकहरु बताउँछन् । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन सहयोग गर्छ ।
न्यून क्यालोरी : अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । हरेक दिन ब्रेकफास्टका लागि अण्डाको सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन ।
उचित खनिज : अन्डाको सेतो भागमा खनिजको मात्रा भरपुर हुन्छ । यसमा पोटासियम, सलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ । बोसोरहितस् अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ । यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।

Total Page Visits: 947 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्