Tuesday, April 23Nepal News Portal
Shadow

आज घट्यो सुनको मूल्य, प्रतितोला कति?


काठमाडौं, (ससं) । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।
आज तोलामा सुनको मूल्य ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।

Total Page Visits: 638 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्