काठमाडौं, (ससं) । अनुहारमा निस्कने चायाले धेरै महिलालाई सताएको हुन्छ । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले समेत सुन्दरतामा असर पुर्याउन सक्छ । यस्ता समस्याबाट यसरि छुट्कारा पाउन सकिन्छ
तिलकोठीलाई फेसप्याक
हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।
बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ ।
एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।