काठमाडौं, (ससं) । धेरै जसो महिलाले कपाल खुला छाडेर सुत्ने गर्छन् । राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ । परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ । त्यसैले राति सुत्ने बेला कपाल बाँधेर सुत्नु उचित मानिन्छ। यस्ता छन् कपाल बाँधेर सुत्नुका फाइदा।
रुखोपना हट्छ
विशेषगरी, राती सुत्दा प्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।
कपाल सिल्की हुन्छ
कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ । विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ ।
कपाल टुक्रने डर हुँदैन
कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन । यसबाहेक, सुतीको तकियाको खोलको प्रयोग कपाल सुख्खा हुने गर्दछ । यसबाट बच्न तकियाको खोल सिल्कको प्रयोग गर्नु पर्दछ ।
कपाल स्वस्थ हुन्छ
स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । बरु कपाललाई ड्रायरले सुकाएर हल्का किसिमले बाध्नु पर्छ । यसले कपाल टुक्रने जोखिम ८० प्रतिशतसम्म कम हुने गर्छ ।