Tuesday, May 28Nepal News Portal
Shadow

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति?


काठमाडौं, (ससं) । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय रुपैयाँ रहेको थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Total Page Visits: 580 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्