Monday, May 20Nepal News Portal
Shadow

सेती नदि जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड लगानी जुट्यो


काठमाडौं, २९ असोज (ससं) । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणा भइरहेको २५ मेगावट क्षमताको सेती नदि जलविद्युत आयोजनाका लागि एनएमबि बैंकको नेतृत्वमा दुई वित्तीय संस्थाद्वारा ऋण लगानी जुटेको छ । एनएमबि बैंकको नेतृत्वमा कृषि विकास बैंक र कर्मचारी सञ्चय कोषले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । यो भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित आयोजना हो । आज भिडियो कन्फ्रेन्स मार्फत कम्पनी र ३ वित्तीय संस्थाबीच ऋण लगानीको सम्झौता भएको हो ।

आयोजनाको लागत ५ अर्ब रुपैयाँ रहेको छ । विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी १८ देखि २० महिना भित्रसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए ।

नमूना जलविद्युत आयोजानको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै उनले आयोजना सम्पन्न नभई अर्र्कोमा हात नहाल्ने बाचा पनि गरे । आयोजनालाई गुणस्तरीय बनाउन सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङलाई दिइएको छ।

Total Page Visits: 829 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्