Saturday, April 13Nepal News Portal
Shadow

आज घट्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं, (ससं) । आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजोभन्दा प्रतितोला २ सय रुपैयाँ घटेको सुन प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदी तोलामा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Total Page Visits: 720 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्