काठमाडौं, (ससं) । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको संक्रमण बढ्न थालेको भन्दै भेला एवं सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी महामारी नियन्त्रणका लागि यस्ता कार्य नगर्न आग्रह गरेको हो ।
छिमेकी मुलुक भारतसँगै विश्वभर कोरोना सक्रमण बढेकाले जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायत भिडभाड हुने काम नगर्न कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गरेको छ।
भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत कार्यालयले आमसर्वसाधारणलाई अनुरोध गरिएको छ ।