Monday, May 20Nepal News Portal
Shadow

लमजुङमा कोरोना संक्रमितको संख्या ४८५ पुग्यो


लमजुङ, ३० असोज (ससं) । लमजुङमा थप ५ जनामा कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४८५ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १२७ जना महिला र ३६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरुमध्ये २ जना बेसीसहर वडा नं. ७ र ८ का ३१ र १८ वर्षीय पुरुष रहेका छन् भने सुन्दरबजार–७ का ४८ वर्षीय पुरुष, राईनस–५ का ४१ वर्षीय पुरुष र मध्यनेपाल–४ का ५८ वर्षिया पुरुष रहेक‍ा छन् ।

नयाँ संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यलय लमजुङले जानकारी दिएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९४ पुगेको छ । जसमा महिलाको संख्या ८६ र पुरुषको संख्या ३०८ रहेको छ । हाल जिल्लामा ३१ जाना महिला र ६० जना पुरुष गरी ९१ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुलाई आईसोलेसनमा राखिएको प्रशासनले जनाएको छ । उनीहरुको स्वस्थ्य अवस्था समान्या रहेको बताइएको छ ।

Total Page Visits: 616 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्