Monday, July 15Nepal News Portal
Shadow

आज सुनको मूल्य घट्यो, हेर्नुहोस् प्रतितोला कति ?


काठमाडौं, (सस) । आज मंगलबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्