Wednesday, January 15Nepal News Portal
Shadow

स्लिम बन्ने रहरले भयो यस्तो डरलाग्दो हालत , धन्न ज्यान बच्यो !


एजेन्सी, (ससं) । पछिल्लो समय सबैजसो युवतीलाई स्लिम बन्ने रहर हुन्छ । स्लिम र फिट देखिने चाहनाले ती युवतीहरुले अनेकौं उपायहरु अपनाउँछन् । तर, अमेरिकाको न्यूयोर्ककी एक युवतीको लागि स्लिम देखिन डाइटिङ गर्नु उनको जीवनकै सबैभन्दा ठूलो भूल भएको छ।

स्टेफनी रोड्न नामकी ती युवती १३ वर्षकी हुँदा निकै मोटी थिइन् । मानिसहरुले उनलाई हाँसोमा उडाउँथे । यही कारण उनले स्लिम बन्ने अडान लिइन् । उनको स्लिम बन्ने चाहना यतिसम्म थियो कि उनले यति कम उमेरमै डाइटिङ सुरु गरिन् । तर खाना नखाने यो जिद्दी एउटा रोगमा बदलियो । स्टेफनी १७ वर्षकी हुँदा उनी लगातार दुब्लाउन थालिन् । उनको हालत देखेर परिवारले डाक्टरलाई देखाए । तर स्टेफनीमा दुब्ली बन्ने भूत सवार थियो त्यसैले उनले सकेसम्म उपचार र औषधीबाट बच्न थालिन् ।

यति बेलासम्म स्टेफनीलाई थाहा थिएन उनको यो गल्तीले उनको ज्यान नै जान सक्छ । २३ वर्षकी हुँदासम्म उनको तौल मात्रै २४ किलो बाँकी रह्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपर्यो । अहिले उपचार गराइरहेकी स्टेफनीले एक पत्रिकालाई दिएको अन्तरवार्तामा आफूले आफ्नो जीवनसँग सबैभन्दा ठूलो खेलवाड गरेको बताएकी छिन् । उनले आफ्नो तौल लगातार घट्न थालेपछि अब भने डाइटिङ रोक्नुपर्ने सोचेकी थिइन् । तर त्यसपछि उनको प्रयासले काम गरेन ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्