Wednesday, January 15Nepal News Portal
Shadow

६५ वर्षीया महिलाले जन्माइन् १४ महिनामा ८ बच्चा !


एजेन्सी, (ससं) । मानिसलाई बच्चा जन्माउन ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा बच्चा जन्माएकी छिन् ।यसैगरी बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् । १४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी मुलुक भारतका दुई महिलाले त्यसलाई सम्भव तुल्याइदिए, त्यो पनि सरकारी पुरस्कार लिनका लागि ।वास्तवमा छोरी जन्माउने महिलाहरुले प्राप्त गर्ने प्रोत्साहन रकम प्राप्त गर्ने लोभमा ती महिलाहरुले आफूहरुले त्यसरी अस्वभाविक रुपमा बच्चा जन्माएको दाबी गरेका हुन् ।

भारतको बिहारस्थित राष्ट्रिय स्वास्थ्य मिसनको प्रावधान अनुसार छोरी जन्माउने महिलाहरुलाई राज्यको स्वास्थ्य विभागले १४ सय भारु प्रोत्साहन रकम प्रदान गर्ने गर्दछ ।सोहीअनुसार बिहारको मुजफ्फरपुरस्थित मुसहरी ब्लकमा बस्ने ६५ वर्षकी लिलादेवी नामकी महिलाले पछिल्लो १४ महिनामा ८ वटी छोरी जन्माएको ‘प्रमाण’ पेस गरेर प्रोत्साहन पुरस्कार प्राप्त गरिन् ।त्यस्तै सोनिया देवी नामकी अर्की महिलाले पछिल्लो ९ महिनामा ५ छोरी जन्माएको भनेर रकम प्राप्त गरिन् । तर विडम्बना ती दुवै महिलाले यथार्थमा यो अवधिमा बच्चा जन्माएकै थिएनन् र केवल कागजमा मात्र आमा बनेका थिए ।पुरस्कार रकम प्राप्त गर्नका लागि महिलाहरुले अस्वभाविकरुपमा गलत तथ्यांक पेस गरेको खुलासा भएसँगै मुजफ्फरपुरका जिल्लाधिकारीले जाँचका लागि एक उच्चस्तरीय समिति गठन गरे ।प्रथम दृष्टिमै ती दुई महिलाले अनियमितता गरेको देखिएको जिल्लाधिकारीको भनाइ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्