Thursday, May 23Nepal News Portal
Shadow

अचम्म एउटै व्यक्तिले बनाए एकैसाथ १३ श्रीमती गर्भवती !


काठमाडौं, (ससं) । मानिसको श्रीमती १ जना हुन्छ । किनकी कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ । तर जीवन काट्ने साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् । तर कसै कसैले दोस्रो विवाह पनि गर्छन् ।
कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? १३ जना श्रीमती होलान् पनि तर के १३ जना श्रीमती एकैसाथ गर्भवती हुन सक्लान् त ?

पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको जनाएका छन् ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्रीमानले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।

यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् । देल्लीहन्ट

Total Page Visits: 684 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्