काठमाडौं, (ससं) । दुनियाँमा यस्ता छन् की सुनेर नि अचम्म लाग्ने गर्दछ । कहिलेकाहीँ त निकै अनौठानै कुराहरु सुन्न पाइन्छ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले आफूले सोही सर्पसँग बिहे गरेको जिकिर उनको छ ।पाँच वर्षअघि ती युवकी प्रेमिकाको मृत्यु भएको थियो । त्यसपछि विक्षिप्त बनेका ती युवकले अन्ततः एउटा १० फिट लामो विषालु गोमन सर्पसँग बिहे गरे । त्यसपछि उनले उक्त गोमन सर्पलाई आफ्नो पत्नीजस्तै गरेर स्याहार गरेका छन् । उनी सर्पसँगै सुत्दछन्, सँगै खाना खान्छन् र रोमान्स पनि गर्दछन् । सर्पसँगै बसेर टिभी हेर्नेदेखि पिकनिक सम्म जाने गर्दछन् उनी ।मृत्युपछि आफ्नी प्रेमिका गोमन सापको रुपमा जन्म लिएर आफ्नो पत्नी बन्न आएको दाबी उनको छ । गोमन सर्पलाई निकै रिसाहा तथा विषालु सर्प मानिन्छ । तर अनौठो त के भने ती युवकलाई अहिलेसम्म त्यो सर्पले कुनै आक्रमण गरेको छैन । एजेन्सी