Monday, June 16Nepal News Portal
Shadow

‘एमाले हाम्रो हो, केपी ओलीले पार्टी छाडे हुन्छ’ : माधव नेपाल


काठमाडौं, (ससं) । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

उनले केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे आफूहरुले विचार गर्ने बताए । उनले भने ‘ केपीले जालझेल गरेर पार्टी कब्जा गरे विचार गरौला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्