Sunday, July 14Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ।

हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ३२ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।

उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्