काठमाडौं, (ससं) । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा आवेदन मिति मंगलबारदेखि सकिएको छ । आज अन्तिम दिन मंगलबार साँझ सम्ममा कम्पनीको आईपीओमा ९ गुणा भन्दा धेरै आवेदन परेको बताइएको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपीओ मध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।