काठमाडौं, (ससं) । सुन्दा पनि अचम्म लाग्छ की १ सय १ बर्षमा कसैले बच्चा जन्माउछ भनेर । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।
इटालीमा अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । उनको यो बच्चा कोखबाट जन्मिएको १७ औं सन्तान हो ।
मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।
युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।
१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । र, यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।