काठमाडौं, (ससं) । आज बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।