Thursday, April 18Nepal News Portal
Shadow

सुन्दर बन्नको लागि कुकुरको पिसाब सेवन !


काठमाडौं, (ससं)। विश्वमा कुनै–कुनै घटना यस्ता हुन्छन् जुन पत्याउनै गाह्रो । युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान्रु डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान्। यी त सामान्य भए। तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन्। राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी हुन् ।
लिन नाम गरेकी ती सुन्दरीलाई लामो समयदेखि धेरैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए। त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेको बताइन्। यसको प्रयोगले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने उनले बताइन्। लिनले पार्कमा लगेर कुकुरलाई पिसाब गराउने र त्यो जम्मा गरेर पिउने गरेको बताइन्।

अनुहार चम्किलो बनाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पिसाब पिउने गर्छिन्। उनी भन्छिन, ‘कुकुरको पि’साबबाट भिटामिन ए, भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ। यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ।’

Total Page Visits: 881 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्