Monday, September 16Nepal News Portal
Shadow

भारतमा एकैदिन थपिए ५९ हजार कोरोना संक्रमित


एजेन्सी, (ससं) । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका हुन् ।
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको समेत बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्