काठमाडौं, (ससं) । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज छापावाला सुन हिजो बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।