Tuesday, May 28Nepal News Portal
Shadow

संसारकै मोटा बालक १०८ किलो तौल घटाएपछि यस्तो देखिए हेर्नुहोस्


एजेन्सी, (ससं) । मोटो हुनुत स्वभाविकै हो । धेरै मोटाउनु अचम्मको कुरा होइन तर शरिरले थाम्न नै नसकिने गरि मोटाउनु चाँहि अचम्मको कुरा हो । १९३ किलो तौल रहेका आर्या परमाना जो संसारकै मोटो बालक भनेर चिनिन्छन् उनले १०८ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् ।

कडा परिश्रम र मेहनत साथ तौल घटाएका उनको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेका हुन् । उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत रहेको स्रोतको भनाई छ ।
आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।

Total Page Visits: 1047 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्