Sunday, February 16Nepal News Portal
Shadow

अचम्म एक जोर जुत्ताको मूल्य ५ करोड !


काठमाडौं, (ससं) । कतै सुन्नुभएको छ एक जोर जुत्ताको मूल्य ? सुन्दा पनि अचम्म लाग्छ । तर न्यूयोर्कको एक लिलाममा राखिएका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।
नाइकीको सह(संस्थापकले डिजाइन गरेको खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो ।
सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे ।

बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए । सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्