Saturday, September 7Nepal News Portal
Shadow

फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध माओवादी केन्द्र मंगलबार (आज) पुनरावलोकनमा जाने भएको छ ।
नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाममा फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको स्रोतले बताएको हो ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागेको समेत स्रोतको भनाई छ ।

पुनरावलोकनका लागि बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ लगायतले निवेदन तयार पारिसकेका छन् ।

नेकपा पार्टीको नाम आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोग र साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालले कट्टेलकै पक्षमा फैसला गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्