काठमाडौं, (ससं) । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Total Page Visits: 703 - Today Page Visits: 1