काठमाडौं, (ससं) । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको हो । विज्ञप्तिमा लेखिएको छ , ‘उहाको निधनप्रति नेपाली संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ’, उक्त विज्ञप्तिमा उल्लेख रहेको छ ।
स्व. मानन्धर विशेष गरी रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताको रुपमा परिचित थिए । सरल र शान्त स्वभावका धनी उनी आदर्श व्यक्तित्वको रुपमा स्थापित रहेका थिए ।
विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा हिजो निधन भएको हो ।
वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन प्रति कांग्रेस संसदीय दलहरुद्वारा शोक व्यक्त
- स
- स
- स