Wednesday, September 18Nepal News Portal
Shadow

फेरि कुखुरा, हाँस र बट्टाईमा बर्डफ्लू देखियो


काठमाडौं, (ससं) । नेपालमा फेरी कुखुरा, हाँस तथा बट्टाईमा पुनः बर्डफ्लु देखा परेको छ । ललितपुरको नख्खुमा कृषकले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु देखिएको हो ।
बर्डफ्लु देखिएपछि ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ अण्डा र ३ सय ३५ किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण गरिएको छ ।

गत माघदेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्डफ्लु देखिएको थियो । विभिन्न ठाउँमा बर्डफ्लु देखा परेपछि विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अलम्बन गर्न, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रण गर्न तथा व्यक्तिगत सरसफाइमा आग्रह गरेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्