Monday, February 10Nepal News Portal
Shadow

देशभर आजको मौसम यस्तो रहेको छ


काठमाडौं, (ससं) । आज (बुधबार) पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको भएको रहेको छ भने बाँकी क्षेत्रमा बदली नरहेता पनि तुवाँलो लागेको छ।

बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्